सन्दीपलाई दुबई लैजान दिन क्यानले राखेपलाई पठायो पत्र

काठमाडौँ, १० फागुन । देश छोडेर बाहिर जान प्रतिबन्ध लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दुबईमा आयोजना हुने प्रतियोगितामा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान) ले पहल थालेको छ ।

बलात्कार आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालतले देश छोडेर जान प्रतिबन्ध लगाएको छ । लामिछानेलाई नेपाली टीमको यूएई भ्रमणमा समावेश गर्न क्यानले पहल थालेको हो । नेपाली खेलकुदको सर्वोच्च निकायका रूपमा रहेको राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानले प्रक्रिया अघि बढाएको हो । क्यानले सन्दीपलाई युएई लैजान दिन माग गर्दै राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाएको छ ।

सन्दीपलाई राष्ट्रिय टीमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न पत्रमा राखेपलाई अनुरोध गरिएको छ । नेपाली टीम फागुन १३ गते यूएई भ्रमण जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय