पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्रेजुएसन समारोह सम्पन्न

कास्की, ९ फागुन । पोखरा कलेज अफ म्यानेजमेन्टले कलेजबाट स्नातक तह उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा मंगलबार ग्रेजुएसन समारोह सम्पन्न गरेको छ । समारोहमा बिबिए र बिसिआईएस कार्यक्रममा गरी कुल ७८ विद्यार्थीहरुलाई ग्रेजुएसन गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताउनुभयो ।

समारोहमा बोल्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीहरुले समाजको हीतमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्ने समेत डिन ढकालले बताउनु भयो । कार्यक्रममा यस वर्ष दीक्षित विद्यार्थीहरुलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउने सपथ ग्रहण समेत गराउनु भयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका परिक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्राध्यापक डा. विनायक प्रसाद भद्रा, कलेजका प्राचार्य डा. चैतन्यराज अधिकारी र उप प्राचार्य लिना नेगी श्रेष्ठले समेत आफ्नो भनाइ राख्दै विद्यार्थीहरुलाई व्यवसायीक तथा पेसागत जीवनको सफलताको कामना व्यक्त गर्नुभएको थियो ।

कलेज व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष कोमल प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीक्षित विद्यार्थीहरु, उनीहरुको अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआईएस (आईटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको बिसिआईएस कार्यक्रम संयोजक ई. हरी प्रसाद बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित