अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी : यी हुन् विजयी हुने पदाधिकारी

काठमाडौँ, ५ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।

निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ । तर एक नेताका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट