रिक्त दरबन्दीमा फाजिलका कर्मचारी खटाउने तयारी

काठमाडौँ, ३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट तत्काल कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले सो काम एक महिनाभित्र सम्पन्न गर्ने कार्ययोजना तयार गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको निर्देशन सम्बन्धित बुँदानम्बर १० मा उल्लेख गरेको निर्देशनअनुसार सो कार्ययोजना तयार गरिएको हो ।

निर्देशनमा संघीय तहका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश तथा स्थानीय तहमा जनतालाई सेवा प्रवाह गर्न नपुग जनशक्ति तत्काल आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख थियो । सो निर्देशनको आधारमा मन्त्रालयले सोको कार्ययोजना–२०७९ तयार गरी प्रधानमन्त्री कार्यालयमा पेस गरेको थियो । सो कार्ययोजनाअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, प्रदेश र स्थानीय तहसँग रिक्त दरबन्दीको विषयमा समन्वय गरी कार्यान्वयन गर्ने तयारी गरेको छ ।

मन्त्रालयलको तथ्यांकअनुसार अधिकांश स्थानीय निकायमा शिक्षाका कर्मचारी अभाव छ । जिल्लामा शिक्षा सेवाका कर्मचारीको अभाव छ । हाल शिक्षाका उपसचिव र अधिकृतले स्थानीय तहको शिक्षा विभागको जिम्मेवारी लिइरहेका छन् । ती कर्मचारीको दरबन्दी संघीय मामिलामा कायम गरी स्थानीय तहमा व्यवस्थापन गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट