प्रधानाध्यापक नियुक्तीका लागि विज्ञ समूहको रोष्टर तयार गरिने

भक्तपुर, १ फागुन । सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि प्रधानाध्यापक छनोट मूल्याङ्कन समिति गठन गर्ने विज्ञ समूहको रोष्टर तयार गर्ने भएको छ । प्रधानाध्यापक नियुक्ती कार्यविधि २०७९ बमोजिम विज्ञ समूहको रोष्टर तयार गर्न लागेको हो । नगरपालिकाले आइतबार एक सूचना गरी सो जानकारी दिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले २०७९ फागुन १५ गतेभित्र निवेदन दिन आग्रह गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पछिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सङ्लग्नमा राखी नगरपालिकाको इमेलमा वा नगर कार्यपालिकाको कार्यालय कटुञ्जे भक्तपुरमा आफैं उपस्थित भइ शिक्षा युवा तथा खेलकुद उपशाखामा बुझाउन सम्बन्धित सबैको जानकारीका लागि आग्रह गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले जानकारी दिनुभयो । साथै जारी गरिएको सूचनाको लिङ्कमा गइ वा दिएको क्यूआर कोर्ड स्क्यान गरी गुगल फममा विवरण भरी पेश गर्न हुन आग्रह गरिएको छ ।

निवेदन पेश गर्दा नेपाली नागरिक, मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा व्यवस्थापन वा शिक्षा शास्त्रमा स्नातकोत्तरको उपाधि हासिल गरेको ४५ वर्ष उमेर पूरा भएको, नेपाल सरकारको राजपत्राङकित प्रथम श्रेणी वा सो सरह पदमा कार्यरत रहेको वा अवकाश प्राप्त गरेको, शैक्षिक प्रशासन व्यवस्थापन तथा विद्यालय सुधारको क्षेत्रमा कम्तिमा दश वर्षको कार्य अनुभव भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट