सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा

काठमाडौँ,  २८ माघ । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ । 

आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट र बन्द प्रशिक्षणमा भाग लिन आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । निर्णायक छनोट र बन्द प्रशिक्षण यही माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय रेफ्री ढकालको ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा हालै पदोन्नति भएको थियो । वर्ल्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई केही दिनअघि पदोन्नतिको प्रमाणपत्र पठाएको थियो । तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्ष लागेको थियो । 

त्रिभुवन आर्मीमा आबद्ध उहाँले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थालेका ढकाल पाचौं डान हुनुहुन्छ । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उहाँ पहिलो हुनुहुन्छ । अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ । चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।

ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकमा समेत घोषित हुनुभएको थियो । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए । यसअघि नेपालमा सम्पन्न साउथ एसियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसक्नुभएको छ । नेपाल तेक्वान्दो सङ्घले निर्णायक ढकालको सम्मानमा बिहीबार बिदाइ कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय