स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन

काठमाडौँ, २३ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ ।

फागुन १० गतेदेखि नै परीक्षा गर्ने भनेर तालिका सार्वजनिक गरेको पनिकाले अन्ततः कार्यतालिका संशोधन गरेको हो । वार्षिक परीक्षा प्रणाली अनुरूप २०७९ सालमा सञ्चालन हुने चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो । 

संशोधित परीक्षा तालिका अनुसार चैत १२ गतेदेखि हुनेछ । यसअघि फागुन १० गतेसम्म नै परीक्षा आवेदन फाराम भर्ने म्याद दिएको थियो । भने त्यही दिनदेखि नै परीक्षा सञ्चालन गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेको थियो ।  उक्त कार्यतालिका पछि देशभरका विद्यार्थीहरू आन्दोलित बनेका थिए । उनीहरूले पनिकामा तालाबन्दी समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित