शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

काठमाडौँ, २१ माघ । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको छ ।

अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर हिजो सार्वजनिक गरेको छ । एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए । उनका अनुसार अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।

ह्वाट्सएपमार्फत् एपको लिङ्क पठाउने र लिङ्क खोल्नसाथ मोबाइलमा एप डाउनलोड भएर मोबाइलमा रहेका विवरणहरु उनीहरुको पहुँचमा पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसैले शङ्कास्पद एप्लिकेशन नखोल्न ललितपुर प्रहरीले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः