सर्वोच्चमा मुद्दा परेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना प्रक्रिया रोकियो

काठमाडौँ, २० माघ । चिकित्सा शिक्षा स्नातकोत्तर तहको कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको छ ।

म्याचिङ प्रक्रियाका सम्बन्धमा सर्वोच्चमा रिट परेपछि उक्त प्रक्रिया स्थगित गरिएको थियो । म्याचिङ प्रक्रिया रोकिएसँगै कक्षा प्रारम्भ गर्ने कार्यपालिका समेत प्रभावित बनेको हो ।  आयोगले ६ पुस २०७९ मा म्याचिङसम्बन्धी कार्यतालिकाको सूचना प्रकाशित गरेको थियो । सोही आधारमा २२ माघ २०७९ देखि कक्षा प्रारम्भ गर्ने कार्यपालिका थियो । तर, सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन भन्दै अन्तरिम आदेश दिएपछि कार्यपालिका प्रभावित भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । 

१७ पुसमा सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चमा उक्त विषय हाल विचाराधीन अवस्थामा रहेको भन्दै आयोगले कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा