स्ववियु निर्वाचन स्थगित भए ३० दिनभित्र गर्नैपर्ने व्यवस्था

काठमाडौँ, २० माघ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलिए, भाँडिए वा स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले उपत्यकाका २१ र उपत्यका बाहिरका ३९ वटा क्याम्पस प्रमुखसँग छलफल गरी चैत ५ गते निर्वाचन गराउन नसके त्यसको ३० दिनभित्र अर्थात वैशाख ५ गतेसम्म निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार उपत्यका र बुधबार उपत्यका बाहिरका क्याम्पस प्रमुखसँग बैठक गरेको थियो । त्रिविले १५ बुँदे स्ववियु निर्वाचन आचारसंहितासम्बन्धी निर्देशिका–२०७९ बारे छलफल गरेको थियो ।

बैठकमा सबै क्याम्पस प्रमुखले चालु शैक्षिक सत्रको सबै तहको पठनपाठन सकिएको जानकारी दिँदै निर्वाचन गराउने प्रतिबद्धता जनाएको जानकारी दिँदै समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले भन्नुभयो– ‘उपत्यका बाहिरका ३९ क्याम्पस प्रमुखले जस्तोसुकै परिस्थिति भए पनि निर्वाचन गर्ने वचन दिनुभएको छ । यदि चैत ५ गते निर्वाचन हुन नसके ३० दिनभित्र गर्नेगरी सबै क्याम्पस प्रमुखले प्रतिबद्धता जनाउनुभएको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा