विद्युतीय कारोबारको सीमा बढ्यो

काठमाडौँ, १८ माघ । विद्युतीय कारोबारमा जोड दि“दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट प्रतिदिन ३ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था थियो । त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपिया“सम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपिया“सम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो ।

साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपिया“सम्म पठाउन सकिने भएको छ । यसअघि प्रतिदिन १ लाख रुपिया“ मात्रै पठाउन सकिन्थ्यो । प्रतिमहिना १० लाख रुपिया“सम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई