धितोपत्र बोर्डका अध्यक्षलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ, १६ माघ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोप लागेपछि उनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

अर्थसचिव तोयम रायले आज मन्त्रालयमा बोलाएर हमाललाई स्पष्टीकरण सोधेका हुन् । अब हमालमाथि लागेको आरोप छानबिन गर्न समिति गठन गरिने स्रोतले जानकारी दिएको छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री प्रकरणमा बर्खास्त भएपछि गत वर्ष मात्र २ वर्षे कार्यकालका लागि नियुक्त भएका हमाल एक वर्षमा नै विवादमा आएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष