यो वर्ष पनि एसईई परीक्षा रापबोर्डबाटै

काठमाडौँ, १५ माघ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रीय स्तरबाटै लिने भएको छ ।

बोर्डले गत वर्ष एसईईको परीक्षा तालिका सार्वजनिक गर्दा सो परीक्षा प्रदेशबाटै गर्ने जनाएको थियो । तर, त्यो विषय कार्यान्वयन नभए पनि यो वर्ष पनि प्रदेश सररकारको एसईई परीक्षा गर्ने अधिकार खोसिएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भन्नुभयो– ‘प्रदेश कार्यालयहरूमा श्रोतसाधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाटै सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेका हौं ।’ उहाँको अनुसार प्रश्नपत्र बोर्डले छाप्ने र परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षा गर्ने काम प्रदेश कार्यालयको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for