पाल्पा, १४ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।
आज प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने बताए ।





