चितवन-२ मा उपनिर्वाचन : सत्ता गठबन्धनको उम्मेदवार को ?

काठमाडौँ, १४ माघ ।  सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ। आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुने बताए। ‘ऐनमा व्यवस्था भएबमोजिम नै उपनिर्वाचन हुन्छ,’ उनले भने। 

मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए। उनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। यता सत्ता गठबन्धनभित्र उपनिर्वाचनका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। उपनिर्वाचनमा गठबन्धनबाटै उम्मेदवार उठाउने वा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा छलफल सुरु भएको गठबन्धनका एक नेताले बताए।

‘निर्वाचनमा रविजीको पार्टी र एमालेले आ-आफ्नै उम्मेदवार उठाएको अवस्था थियो। तर अहिले दुवै पार्टी सत्ता साझेदार रहेको छ। यस्तो अवस्थामा कोसलाई उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धनमा पेचिलो हुनसक्छ,’ ती नेताले भने। यस विषयमा शनिबारदेखि नै गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति