बाग्मती प्रदेशले टुङ्ग्यायाे मन्त्रीकाे नाम

मकवानपुर, ११ माघ । बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । 

नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन् । एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन भने रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशव पोख्रेलले प्रदेशको पशुपक्षी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन ।

यसैगरी नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइने भएकाे छ । माओवादीकी सांसद कुमारी मोक्तानलाई फेरि सामाजिक विकास मन्त्री बनाइएको छ भने माओवादीका गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला मन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री हुनुहुने भएको छ भने पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय पनि राप्रपाले पाउने भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने

काठमाडौँ, ७ असोज । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी