युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीद्वारा राजीनामा

एजेन्सी, ११ माघ । युक्रेनका चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन् ।

पछिल्लो पटक घुस लिएको आरोपदेखि महँगाे मूल्यमा खाद्यान्न किनिएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने नागरिकको माग पूरा गर्ने गरी काम गरेको उहाँका एक जना सहयोगीले बताएका बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले स्वीकृतिप्राप्त काममाबाहेक सरकारी कर्मचारीलाई देश छाड्न प्रतिबन्ध लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण

काठमाडौँ, २ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका

काठमाडौँ, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र स‌गठित अपराधको मुद्दा फिर्ता

काठमाडौँ, २ माघ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्‍याएका उद्यमीलाई राष्ट्रिय