शिक्षामन्त्रीद्वारा विश्वविद्यालय छाता ऐन र उच्च शिक्षा ऐन ल्याउने प्रतिबद्धता

काठमाडौँ, ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आफ्नो कार्यकालमा विश्वविद्यालय छाता ऐन र उच्च शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । शिक्षा मन्त्रालयमा पदबहाली गरेको भोलिपल्ट बुधबार मन्त्रालयका सचिव र महाशाखाका प्रमुख एवं सहसचिवहरूसँगको पहिलो ब्रिफिङमा उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्री खनालले विश्वविद्यालयलाई पुनःसंरचना गर्न छाता ऐन अपरिहार्य रहेको बताउँदै गर्दा मन्त्रालयका सबै महाशाखा प्रमुखले उच्च शिक्षाको छाता ऐन र शिक्षा ऐन ल्याएमा शिक्षा मन्त्रालयको ठूलो उपलब्धि हुने धारणा राखेका थिए ।

दुई विधेयकको हालसम्मको प्रगतिको बारेमा जानकारी लिँदै मन्त्री खनालले भन्नुभयो– ‘शिक्षा ऐन र छाता ऐन ल्याउन प्रतिबद्ध छु, यसको लागि मन्त्रालयका सबै अधिकारीको महत्वपूर्ण सहयोग हुनेमा विश्वस्त छु । दुवै विधेयकको काम फेरि शून्यबाट गर्नुपर्नेछ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित