काठमाडौँ, ३ माघ । पारिवारीक होस्, या त साथीभाईसँगको यात्रा होस्, एउटै चाहना हुन्छ, ‘भ्रमण स्थलको यात्रा अविष्मरणीय, विश्वास र भरोषाको होस् ।’ यात्रुलाई सजिलो बनाउने लक्ष्यका साथ विभिन्न कम्पनीहरु त खुलेका नै छन् । तर यात्रुले अपेक्षा गरेजस्तो सेवा, सुविधा तथा नयाँ नयाँ विशेषताहरुको खासै विकास भएको पाइदैन ।
यसै क्रममा काठमाडौँबाट देशभरका जुनसुकै स्थानहरुमा सहज, विश्वासिलो तथा अविष्मरणीयका साथ पुग्न र पुर्याउनेको लागि ‘सजिलो रेन्टल’ नामको कम्पनी बजारमा आएको छ । जसले यात्रुको चाहना अनुसारको सेवा सुविधाहरु दिने गरेको छ । सजिलो रेन्टलले यात्रुको चाहना अनुसारको सेवा सुविधा त दिन्छ नै, त्यसको साथ साथै यात्रुमाथि पूर्ण रुपमा जिम्मेवार रही विश्वास, भरोषायुक्त र अविष्मरणीय यात्रा बनाउने गरेको छ ।
‘यात्रुको सुरक्षा र सरोकार’
यात्रुहरुको सुरक्षा सरोकारलाई पनि सजिलो रेन्टलले राम्रोसँग सम्बोधन गरेको छ । वास्तवमा कुनै पनि सवारी चालकले सजिलो रेन्टलमा आफ्नो सेवा वा गाडी ‘अनबोर्ड’ गर्नु अघि सजिलो रेन्टलका कर्मचारीहरुले चालकको सम्पूर्ण कागजात, ट्राफिक हिस्ट्री, लाइसेन्सलाई प्रमाणीकरण गरेरमात्र अनुमोदन गर्दछन् ।
लामो समयका लागि गाडी भाडामा लिँदा सुरक्षाका कुराहरु पनि अति नै महत्वपूर्ण हुन्छन् । यस्तो बेला आफूले बुक गरेको गाडीको चालक कत्तिको सुरक्षित छ, सवारी चलाउने क्षमता, लाइसेन्स, दुघर्टनाको इतिहास या कतै कुनै ठाउँमा लगेर बिचल्ली पो बनाउने हो कि रु यस्ता विविध प्रश्नहरु मनमा उठ्छन् । जुन स्वाभाविक पनि हो । यस्ता कुरामा सुनिश्चितन भइकन कुनै पनि व्यक्ति आफ्नो परिवारलाई लिएर ढुक्क साथ बाहिर जान सक्दैन । जसको सम्पूर्ण जिम्मेवारी संस्थाले नै लिएको हुन्छ ।
साथै कुनै यात्रुले सजिलो रेन्टलबाट गाडी बुक गरेर यात्रा गरेपछि यात्राको अनुभव, सुविधा र सहजताका बारेमा आफ्नो धारणा लेखेर, चालकलाई रेटिङ दिने साथै अन्य यात्रुका लागि सिफारिस समेत गर्न सक्ने सुविधा छ । साथ साथै नजिक होस्, या टाढा, कहिँ कतै अझ सस्तो मूल्यमा जना परेमा सजिलो रेंटलको कर पुल अपशन प्रयोग गर्न सकिन्छ।
‘नेपालमा कुनै व्यक्तिलाई आफ्नो परिवार तथा इस्टमित्रहरुसँग कतै घुम्न जान पर्यो र गाडी रिजर्भ गर्नु पर्यो भने अल्ल मल्ल पर्छन् । कता जाने, कसलाई भन्ने दुविधा हुन्छ’, कार्यकारी प्रमुख अर्जुन फुयाल भन्छन्, ‘यस्तो अवस्थाका लागि हामीले सजिलो रेन्टल प्लेट फर्म विकास गरेका हौं । यसबाट कम्तीमा मान्छेहरुले ‘लगइन’ गरेर आफूलाई चाहिने उपयुक्त गाडी आफैंले भाडामा लिन सक्छन् । यात्राका क्रममा यात्रुलाई कुनै पनि समस्या आउन दिँदैनौं । त्यसको जिम्मेवारी पूर्ण रुपमा संस्थाको नै हन्छ ।’
सजिलो रेन्टलमा भएका विशेषताले यात्रुलाई पनि सेवा तथा यात्रा प्रति विश्वस्त बनाउने र चालकलाई थप जिम्मेवार बनाउने प्रमुख अर्जुन बताउँछन् । ‘हाम्रो प्राथमिकता भनेको यात्रुको सहजता र सुरक्षा हो । यसका लागि हामीले चालकको हकमा विभिन्न मापदण्डहरु तोकेका छौं । त्यो पूरा नगर्नेहरुलाई प्लेट फर्ममा ‘अनबोर्ड’ गर्दैनौं ।
यो क्षेत्रमा क–कसले कसरी काम गरिरहेका छन् ?
सजिलो रेन्टल कार भाडामा लिने एउटा अनलाइन प्लेट फर्म हो । जहाँ कुनै पनि व्यक्तिले आफूलाई मन परेको गन्तव्यमा आफैंले रोजेर गाडी बुक गर्न सक्छन् भने गाडी भएको व्यक्ति वा संस्थाले पनि गाडी भाडामा लगाउन सिस्टममा आफ्नो गाडीलाई ‘अनबोर्ड’ गर्न सक्छन् । एप सार्वजनिक भए लगतै धेरैले एप डाउनलोड गरि सेवा लिरहेका छन् ।
कारपुल भनेको के हो र सजिलो रेंटलमा रहेको यो सुबिधा
कारपुल भनेको गाडी यात्राको साझेदारी हो । जसले गर्दा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउनेछन् । नजिकै होस्, या टाढा, आवश्यकता अनुसार विभिन्न ठाउँहरूमा मानिसहरूका लागि कार पूल बढी लोकप्रिय रहेको छ। जसमा गाडी मालिकले कहिकतै जादा आफ्नो गाडीमा रहेको खाली सिटलाई सदुपयोग गर्न एप अथवा वेबसाइटमा रहेको कारपुलको माध्यमबाट सूचना प्रदान गरि न्यूनतम मूल्यमा आवश्यक यात्रु पाउन सक्छन र यात्रुहरुले पनि आफुलाई चाहेको गाडी एप अथवा वेबसाइटमा रहेको कार पुलको माध्यमबाट पाइन्छ ।






