कार्यान्वयन नहुँदै संशोधनको तयारी

काठमाडौँ, १ माघ । सरकारले तीन वर्षअघि ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै संशोधनको तयारी थालिएको छ । २०७६ कात्तिक ५ गते तत्कालीन सरकारले पारित गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ वर्तमान सरकारले संशोधनको तयारी गरेको हो ।

यसै साता सार्वजनिक गरिएको ‘नेपाल सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम’मा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जितसहित लागू गरिने उल्लेख छ । न्यूनतम कार्यक्रममा भनिएको छ, ‘डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने तथा सार्वजनिक सेवा र उत्पादन क्षेत्रमा डिजिटल प्राविधिको प्रयोग बढाइने छ ।’

यसअघिको सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सिलरेसन परियोजनाको लागि १४० मिलियन डलर अर्थात् १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने निर्णयसमेत गरिसकेको अवस्थामा यसलाई परिमार्जन गर्न लागिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ