नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ, ३० पौष । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाको हिजो बसेको बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासङ्घको प्रस्ताव स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

मैत्रीपूर्ण खेल आउँदो फेब्रुअरी १३ देखि २५ तारिखभित्र भारतमा हुनेछ । एन्फाको आकस्मिक कार्यसमितिको बैठकले विभिन्न आठ वटा निर्णय समेत गरेको छ । बैठकले महान फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

त्यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो फागुन १९ र शहीद स्मारक ‘बी’ डिभिजन लिग चैत १५ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय