स्ववियु निर्वाचनको तयारीमा जुट्न त्रिविको निर्देशन

काठमाडौँ, २९ पौष । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीबार सूचना निकालेर चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न क्याम्पसलाई निर्देशन दिएका हुन् । महाशाखा प्रमुख दाहालले गत पुस २२ को त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नम्बर १७६५ अनुसार पूर्वतयारी गर्न गराउन सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिइएको जानकारी दिए ।

विसं २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ देखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार