खाँदबारीको नमूना काम प्रत्येक घरपरिवारको डिजिटल प्रोफाइल

सङ्खुवासभा, २६ पौष । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले नगरपालिका विभिन्न नमूना काम मध्ये प्रत्येक घरपरिवारको डिजिटल प्रोफाइल निर्माण गरेको छ । व्यवस्थित र प्रभावकारी नीति र योजना निर्माण गर्न नगरपालिकाले डिजिटल प्रोफाइल निर्माण गरेको खाँदबारी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले घर परिवारको प्रोफाइल निर्माण गरी ओइसाइडमार्फत सार्वजनिक गरेको छ । नगरपालिकाको सबै वडाको पारिवारिक तथा जनसंख्याको विवरण, उमेर अनुसारको जनसंख्या, जातजाति अनुसारको जनसंख्या, मातृभाष र धर्मको आधारमा जनसंख्या, साक्षरताको स्थिति, बसोबासको अवस्था, वैवाहिक स्थित पारिवारिक स्वास्थ्यको अवस्था, बीमा गरेको घरपरिवारको विवरण सामावेश गरिएको छ । त्यस्तै डिजिटल प्रोफाइलमा खानेपानीको स्रोत अनुसारको घरपरिवारको विवरण, खाना पकाउन प्रयोग गरिने इन्धनको प्रमुख स्रोत, शौचालयको प्रकार, घरपरिवारमा उपलब्ध सुविधाहरु, कृषि कार्यक्रमका लागि जग्गाको प्रयोग सम्बन्धि विवरण, चौपाया र पशुपंक्षी पाल्ने घरपरिवार, खाद्यान्न उपलब्धताको स्थिति, व्यावसायिक शीप तालिम लिएका घरपरिवारको विवरण लगायत गरी १३१ शिर्षकमा डिजिटल प्रोफाइल निर्माण गरिएको खाँदबारी नगरपालिकाले जनाएको छ ।

नगपालिका प्रमुख महेश थपलियाले नगरपालिकाले निर्माण गरेको डिजिटल प्रोफाइले अनुसार नगरपालिकलो वार्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने र सोही अनुसारको योजना निर्माण गरी कार्यान्वयन गर्न थालिएको बताउनुभो । उहाँले नगरपालिकाले निर्माण गरेको प्रतत्येक घरपरिवारको डिाँजिटल प्रोफाइल भएपछि योजना बनाउन सजिलो भएको कुन वडाको कुन समुदायमा केको आवश्यकता छ भन्ने एकिनरुपमा तथ्यगत जानकारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ