उपेन्द्र केसी
यस पटक बहुमत ल्याउने योजनाका साथ नेकपा एमाले निर्वाचनमा होमिएको थियो । तर, एमालेले भने जस्तो निर्वाचनको माहौल भने थिएन । यद्धपी महासचिव शंकर पोखरेलले प्रत्यक्षमा एक सयको हाराहारी र समानुपातिकमा ५० सीट आउने दावी गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको मुल उद्देश्यन नै एमालेलाई पत्तासाफ गर्नु थियो । एमाले निर्वाचनमा चौतफि घेराबन्दीका बीच दोस्रो शक्तिमा सिमित हुन पुग्यो । निर्वाचनमा वहुमत ल्याएर आफ्नै पार्टीको नेतृत्वमा सरकार निर्माण गर्ने एमालेले देखेको सपना पुरा नहुने भयो ।
उता, निर्वाचन अघि नै गठबन्धन गरेर गएको पाँच दलीय गठबन्धनले पनि वहुमत ल्याउन सकेन । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस पहिलो शक्ति बन्न पुग्यो भने यो निर्वाचनमा दास्रो शक्ति हुने योजनाका साथ कांग्रेससंग गठबन्धन गरेको माओवादी केन्द्र तेस्रो शक्तिमा थचारियो । निर्वाचन अघिको गठबन्धनले निर्वाचनमा सबै भन्दा बढी राजनीतिक लाभ कांग्रेसले नै उठायो । माओवादीले निर्वाचनमा गठबन्धनबाटअपेक्षाकृत सफलता पाउन सकेन । निर्वाचनको क्रममा माओवादीहरुले इमानदारिताका साथ कांग्रेसमा मत ट्रान्सफर गरेको देखियो भने, कांग्रेसी मतदाताह्ररुले त्यो मत ट्रान्सफर गरेको देखिएन । कांग्रेसीहरुले माओवादीका उम्मेदवार रहेको ठाउँमा उपेक्षाकृत मत नखसालेको प्रष्टै देखियो । कांग्रेसीहरुले आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा घण्टीमा मत हालेको देखियो । यद्धपी माओवादी नेतृत्लले त्यसलाई निर्वाचन पश्चात कांग्रेसको नेतृत्व समक्षे जोडतोकाका साथ उठाएन । बरु उल्टै गठबन्धनबाटै सरकार निर्माणका लागि आफूहरु लाग्ने प्रतिवद्धता माओवादीका अध्यक्ष प्रचण्डले वरोवर सार्वजनिक समारोहहरुमा भन्दै आएका थिए । गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति शेरवहादुर देउवाले पनि गठबन्धनबाटै सरकार निर्माण हुने कुरा सार्वजनिक रुपमा नै भन्दै आएका थिए । गठबन्धनबाट कांग्रेसले राजनीतिक लाभ पाएका कारण कांग्रेसको नेतृत्व यो गठबन्धनलाई अझै लामो समय सम्म तन्काएर लाने पक्षमा थियो । माओवादी लगायत दलहरुलाई साथमा लिएर फेरी पनि राज्य संचालन गर्ने कांग्रेसको नेतृत्वले सपना देखेको थियो ।
ज्योतिषी पथमा लाग्दा
ज्योतिषी पथ पछ्यादै फेरी पनि प्रधानमन्त्री हुने योजनाका साथ गठबन्धनको नेतृत्व गर्दै देउवा निर्वाचनमा होमिएका थिए । निर्वाचनको परिणाम पनि कांग्रेसका लागि राम्रै आयो । निर्वाचनमा पहिलो पार्टी भएपछि उनलाई भित्रैबाट प्रधानमन्त्रीमा निरन्तरता दिने इच्छा जागृत भयो । मनमनै जयोतिषीले आफूलाई सातौ पटकसम्म प्रधानमन्त्री हुन्छ भनेको कुरा ठीक साँचो पो रहेछ भन्ने उनलाई कांग्रेस पहिलो पार्टी भएपछि लाग्यो । ज्योतिषीले सातौ पटक प्रधानमन्त्री हुन्छ भनेको छ किन मैले छाड्ने भन्ने कुराले उनलाई प्रधानमन्त्री अरुलाई दिने कुरा सुन्नै मन लागेन । त्यसमा पनि कांग्रेस भित्र उनलाई अघि सारेर फाइदा लिने जुन वर्ग छ, त्यसले कुनै पनि हालतमा प्रधानमन्त्री पद छाड्न नहुने कुरा राख्दै उनको महत्वकाक्षालाई थप जागृत पार्ने काम गर्दै आए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग प्रधानमन्त्री पद आलोपालो भने पनि उनी पहिलो खेपमा नै कुनै पनि हालतमा प्रधानमन्त्री नछाड्ने मनोविज्ञानमा पुगिसकेका थिए ।
संसदीय दलको नेता चयनमा उनले पाएको मतबाट उनी झनै प्रधानमन्त्री बन्न उत्साहित भए । उनी नजिक रहेकाहरु पार्टी भित्र र वाहिरका सबैले नै उनलाई कुनै पनि अवस्थामा प्रधानमन्त्री माओवादीलाई छाड्न हुँदैन भनेर उनको कान भरिरहे । देउवाले कांग्रेस गठबन्धनबाट निर्वाचन लडेर पहिलो पार्टी भएको हो भन्ने कुरा नै विर्से । कांग्रेसलाई तेस्रो दलबाट पहिलो दल बनाएको देउवाले नै हो । तर, पहिलो दल कांग्रेसलाई बनाउन उनले माओवादी लगायतका गठबन्धनका अन्य दलको पनि सहयोग रहेको कुरालाई पछिल्लो समयमा महत्व दिइनन । आफ्नो नेतृत्वमा निर्वाचनमा गएका कारण अहिले पनि आफ्नै नेतृत्वमा सरकार निर्माण गर्नु पर्छ भन्ने कुरालाई मात्रै देउवाले केन्द्रविन्दुमा राखे । त्यतिमात्रै होइन, सत्ता बाड्फाडको विषयमा प्रचण्डले पटक–पटक कुरा गर्न खोज्दा जहिले पनि उनले प्रधानमन्त्री को बन्ने भन्ने कुरालाई पन्छाइरहे । जसरी पनि प्रधानमन्त्री आफै हुनुपर्छ भन्ने सोचमा मात्रै देउवा रहेका कारणले पनि कांग्रेसबाट सत्ता चिप्लिएको हो ।
चर्चामा वालकोट
कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन टुटेसंगै वालकोटको वार्दली पुन चर्चामा आयो । वालुवाटारबाट केपी ओलीलाई वालकोटको वार्दलीमा आफूले प्¥याएको अहिलेका प्रधानमन्त्री प्रचण्डले भन्दै आएका थिए । तर, प्रचण्ड आफै त्यही वालकोटमा आएपछि उनले प्रधानमन्त्री पाए । अर्थात त्यही वालकोटबाट उनर्ले एमाले अध्यक्ष केपी ओलीको साथ पाएर वालुवाटारको वाटो तय गरे । सरकारमा सहभागी हुने दल माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी,जनमत पार्टी, राप्रपा,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी पनि वालकोटमै जुटेका हुन् । यसर्थ यस पटक पाँच दलीय गठबन्धन टुटाएर प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्ने काममा वालकोटको महत्वपूर्ण भूमिका रह्यो ।
वालकोटको वार्दलीमा नेताहरु बीच भएको करिब दुई घण्टा लामो छलफलले नै प्रचण्डको नेतृत्वमा सरकार निर्माण भएका कारण पनि यस पटक वालकोटको वार्दली राष्ट्रिय राजनीतिमा चर्चामा आएको हो । वालुवाटारमा देउवाले प्रधानमन्त्री नछाड्ने कुरा गरिरहदा उता, वालकोटले प्रधानमन्त्रीबाट देउवालाई साइड लाउने योजना कोरिरहेको थियो । वालकोटले कोरेको याजना देउवाले त्यतिबेला मात्रै चाल पाए, जति बेला ढिला भैसकेको थियो । एमाले अध्यक्ष ओलीले वालुवाटारलाई थाह पत्तो नदिकन जुन प्रकारको डिजाइन गरे त्यो नै उनको राजनीतिक कौशलता हो । त्यति मात्रै होइन, ओलीले प्रचण्ड अब प्रधानमन्त्री नबन्ने पक्का भो भन्दै अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले पनि देउवालाई वढी विश्वास के भयो भने ओलीले प्रचण्डलाई कुनै पनि अवस्थामा प्रधानमन्त्री बनाए ।






