अवैध मोबाइल नियन्त्रण गर्न आजदेखि एमडीएमएस लागू

काठमाडौँ, १५ पौष । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणाली आज मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा एमडीएमएस सञ्चालनमा ल्याउन लागेको र उक्त प्रणालीमा आफ्ना मोबाइलहरु दर्ता गर्न भनेकोछ ।

प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका मोबाइलहरुलाई आगामी दिनमा अवैध घोषणा गरेर ग्रे लिस्टमा राख्ने छ र त्यसपछि छानबिन गरेर ब्ल्याकलिस्ट गर्ने छ।  सरकारले भन्सार छलेर राजस्व नतिरिकन अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको हो ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाइएको हो । प्राधिकरणको सूचनाअनुसार आज पुस १५ गतेदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः