जाडो छल्न विद्यालय बिदा

काठमाडौँ, १५ पौष । जाडो बढ्न थालेपछि महोत्तरीका विद्यालयमा बिदा दिन थालिएको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो । मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ ।

“घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् । जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण  विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ । मौसममा  सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ । यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा  ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ ।  नगरभित्रका  पाँच सय जना ‘सुनौलो हजार दिन’ अभियानमा आबद्ध आमा छन् । नगरपालिकाले  मधेस प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा नगर क्षेत्रका स्वास्थ्यचौकीमार्फत आमाहरूलाई पोषिलो आहारसहितको झोला वितरण गरेको हो । झोलामा एक–एक किलोग्राम परिमाणमा मिठो दलिया,  दाल मिश्रित खिचड़ी र स्पेशल खिर सुपर प्लससहितका खाद्य परिकार दिइएको छ ।

यसैबीच बढ्दो चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले प्रकोप हुन नदिन पूर्वतयारीका काम थालेको छ । यसक्रममा गरिब बस्तीमा आवश्यक न्यानो कपडाको बन्दोबस्त, आगो बाल्ने दाउरा र स्वास्थ्य जाँच एवं उपचारका लागि विभिन्न सामाजिक सङ्संस्था तथा स्थानीय तहको समन्वयमा जनशक्ति व्यवस्थापनको पूर्वतयारी थालिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० भदौ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा

नुवाकोट, २० भदौ । विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा आज दुई जना नागरिकलाई जीवितै उद्धार गरिएको छ। उद्धार

सुर्खेत, २० भदौ । वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बराहताल गाउँपालिका—४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाहीको मृत्यु भएको छ

बाजुरा, २० भदौ । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ