खाँदबारी नगरपालिकाद्धरा नगर स्तरीय हाजिरी जवाफ: जालपा मावि प्रथम

सङ्खुवासभा, १४ पौष । सङ्खुवासभाको खाँदबारी नगरपालिकाको शिक्षा,युवा तथा खेदकुद शाखाले नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय (कक्षा ९–१०) हाजिरी जवाफ प्रतियोगिता जालपा माध्यमिक विद्यालय चेवा प्रथम भएको छ ।

खाँदबारीको हिमालय माध्यमिक विद्यालयमा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको खाँदबारी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयबाट जम्मा १२ वटा विद्यालयहरु सहभागी रहेका थिए । सहभागी विद्यालयहरु मध्ये जालपा माध्यमिक विद्यालय चेवा प्रथम भएको भएको हो । त्यस्तै सनसाइन अंग्रेजी माध्यमिक विद्यालय र कुनिना बोर्डिङ स्कुल सेकाहा क्रमःश दोस्रो र तेस्रो भएका छन् ।

प्रथम हुने कक्षा १० का छात्र नेल्सन रेग्मी र कक्षा ९ का छात्रा करिना ओझाले प्रमाणपत्र सहित नगद ६ हजार रुपियाँबाट पुरस्कृत भएका छन् । दोस्रो र तेस्रो हुनेले प्रमाणपत्र सहित नगद रु चार हजार र दुई हाजार प्राप्त गरेको नगरपालिकाले जनाएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले हरेक बर्ष अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ, निबन्ध प्रतियोगित, विज्ञान प्रर्दशनी लगायत कार्यक्रम गरी प्रतिभाको खोजी गर्दै आएको छ । आगामी पुस २७ गते अन्तर आधारभूत तह (कक्षा ६–८) हाजिरी जवाफ संचालन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० भदौ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा

नुवाकोट, २० भदौ । विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा आज दुई जना नागरिकलाई जीवितै उद्धार गरिएको छ। उद्धार

सुर्खेत, २० भदौ । वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बराहताल गाउँपालिका—४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाहीको मृत्यु भएको छ

बाजुरा, २० भदौ । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ