१० हजारभन्दा बढी विद्यार्थी दिक्षित हुँदै

काठमाडौँ, २२ मंसिर । त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७१ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् । 

दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१ स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९ एमफिलबाट ५५ र विद्यावारिधिबाट १७ जना दीक्षित हुँदैछन्। दीक्षान्त समारोहमा विद्यार्थी सकुन महर्जनले चार पदक पाउने भएका छन् । स्नातकोत्तर तह २०७६ सालका विद्यार्थी महर्जनलाई विभिन्न चार पदक एवम् पुरस्कार प्रदान गरिने भएको छ। पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी महर्जनले ४ सीजीपीए ल्याएर एकैपटक चारपदक पाउने भाग्यमानी विद्यार्थी भएका छन् ।

सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उहाँलाई चान्सलर, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्राप्त हुनेछ । उनलाई उपकुलपति र प्रमुख अतिथिले पदक तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा