‘८० को एसईईका लागि नयाँ पाठ्यक्रम’

काठमाडौँ, २० मंसिर । आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ ।

पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको जनाएको छ । ‘वि.सं. २०८० सालको शैक्षिक सत्रबाट ती कक्षामा नयाँ पाठ्यक्रम अध्यापन गरिने छ’, केन्द्रका महानिर्देशक सहसचिव वैकुण्ठ अर्यालले भन्नुभयो, ‘आउँदो वर्ष एस्ईईमा सहभागी हुने विद्यार्थीले अनिवार्य विषयको नयाँ पाठ्यक्रम पढ्नुपर्नेछ । ‘

उहाँका अनुसार कक्षा ८ र १० को अंग्रजी, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम तयार भइरहेको छ । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा