क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, २० मंसिर । क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरको छ । सोमबार भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । 

क्रोएसियाका लागि निकोला भेलासिक, मार्केलो ब्रोजोभिक र मारियो पेसालिकले गोल गरे । मार्को लिभाजाले पोनाल्टी मिस गरे ।  यता जापानका लागि ताकुमा सानोले गोल गेरे भने माया योसाइद, काउरुद मिटामा र मिनामिनोले मिस गरे । 

यसअघि अल जानुब स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।  जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः