एजेन्सी, १८ मंसिर । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।
यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि परेका छन् । उनको घरमा नै बम विस्फोट गराइएको थियो । भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उनको पनि निधन भएको छ । सो विस्फोटमा परेर उनीबाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ ।
मारिएका अरु दुई जनामध्ये एकजना मन्नाका भाई र अर्का एक सो पार्टीका कार्यकर्ता रहेको बताइएको छ । सो घटना भएपछि राति नै प्रहरी घटनास्थलमा पुगेको थियो । बम विस्फोटबाट सो घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ ।