शिक्षकको ४ हजार दबन्दी थपिँदै

काठमाडौँ, १८ मंसिर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ। यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।

केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ। केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ।

केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोगमा पठाइसकेको जानकारी दिँदै भने, ‘हामीले तथ्यांक दिएका छौं, आयोगले विज्ञापन गरेर नयाँ शिक्षकको आवेदन खुला गर्नेछ।’ शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम को ४ बमोजिम चालु शैक्षिक सत्रको असोज मसान्तसम्म विवरण पठाइसक्नुपर्ने व्यवस्था छ । सोही आधारमा केन्द्रले विवरण पठाएको हो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय