इन्टर कलर स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

भक्तपुर, १६ मंसिर । सैनिक आवासीय महा विद्यालय सल्लाघारि भक्तपुरमा जारी इन्टर कलर खेलकुद सप्ताह २०७९ अन्तर्गत बिहिबार इन्टर कलर स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालय स्थापनाकाल देखि स्पोर्ट्सलाई प्राथमिकता दिदै आइरहेको सैनिक स्कुल भक्तपुरले कलर ब्यापी आफ्नो खेलकुद कार्यक्रम अन्तर्गत तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको हो ।

पुरुष तौल समुह अन्तर्गत आठ वटा तौल समुहमा भएको प्रतियोगिता अन्तरगत ४० केजि तौल समुह मुनिमा ब्लु कलरका ओस्व गुरुङ प्रथम,ब्लु कलरका लोप्सन थापा दोस्रो, ग्रीन कलरका रिजन भट्टराई र ब्लु कलरका दिक्सान्त थापाले तृतीय स्थान हासिल गर्न सफल भएका छ्न् । त्यस्तै ४४केजि तौल समुहमा मुनिमा ब्लु कलरका जेनिस खत्री प्रथम,एलो कलरका रिजस भन्डारि दोस्रो,रेड कलरका दिक्कल थुलुङ र एलो कलरका मोनस पान्डे तृतीय भए ।

त्यसैगरी ५० केजि तौल समुह मुनिमा ग्रीन कलरका कृश्पो महतो प्रथम, एलो कलरका सफल बस्नेत दोस्रो, ब्लु कलरका युनिक गुरुङ र एलो कलरका प्रज्वल उप्रेतीले तृतीय स्थान हात पारे । यस्तै ५४ केजि तौल समुह मुनिमा ग्रीन कलरका उत्सब पुन मगर प्रथम, रेड कलरका बिसम बुडाथोकि दोस्रो, ब्लु कलरका भक्त बहादुर कार्कि र ग्रीन कलरका युबराज बस्नेत तृतीय भए । त्यसै गरि ५८ केजि तौल समुह मुनिमा एलो कलरका रिक्कि तामाङ प्रथम, ब्लु कलरका अमित बुडाथोकि दोस्रो, ग्रीन कलरका राहिल सिंह र एलो कलरका बिश्वास तिवारीले तेस्रो स्थान हात पारे। त्यसैगरी ६२केजि तौल समुह मुनिमा एलो कलरका रोसन तामाङ प्रथम, ब्लु कलरका प्रसन्न कार्की दोस्रो, ग्रीन कलरका प्रीतम गुरुङ र एलो कलरका प्रसन्न खड्काले तृतीय स्थान हात पारे ।

त्यसैगरी ६८ केजि तौल समुहमुनिमा एलो कलरका बिपुड बहाला प्रथम, रेड कलरका अनिस मगर दोस्रो,ग्रीन कलरका सनिस दराइ र ब्लु कलरका प्रदिप श्रेष्ठले तृतीय स्थान हात पारे। त्यसैगरी ७४ केजि मुनि तौल समुहमा एलो कलरका नबिन कार्की प्रथम, एलो कलरका निकेस कुमार बस्नेत दोस्रो,ब्लु कलरका निस्शल श्रेष्ठ र रेड कलरका सुजन श्रेष्ठले तृतीय स्थान हात पारे। त्यसैगरी महिला ४० केजि मुनि तौल समुहमा ग्रीन कलरको गरिमा अधिकारी प्रथम, एलो कलरका रोस्लिन केसि दोस्रो,ब्लु कलरका समिक्षा पान्डे र रेड कलरका सेलिना तामाङले तृतीय स्थान हात पारे। त्यसैगरी महिला ४२ केजि मुनि तौल समुहमा ग्रीन कलरको मुदिता राज भन्डारि प्रथम, ग्रीन कलरका सत्त्यता राज्य लक्ष्मि साह दोस्रो,ब्लु कलरका सदिच्छा थापा र रेड कलरका जेनिसा भुजेलले तृतीय स्थान हात पारे। त्यसैगरी महिला ४७ केजि मुनि तौल समुहमा ब्लु कलरको स्मृति गुरुङ प्रथम, ब्लु कलरका दिलासा थापा दोस्रो, रेड कलरका आरोहि वलि र ग्रीन कलरका अनुसा अधिकारीले तृतीय स्थान हात पारे। त्यसैगरी महिला ५२ केजि मुनि तौल समुहमा ब्लु कलरको जेनिफर दुलाल प्रथम, ब्लु कलरका चादनि श्रेष्ठ दोस्रो,ग्रीन कलरका युजिना बुडाथोकि र ग्रीन कलरका रुजुना श्रेष्ठ ले तृतीय स्थान हात पारे ।

त्यसैगरी महिला ५७ केजि मुनि तौल समुहमा एलो कलरको चादनि राइ प्रथम, ग्रीन कलरका समृद्धि गौतम दोस्रो, रेड कलरका रुपा राना मगर र रेड कलरका सोनिका थापाले तृतीय स्थान हात पारे। उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी केटा तर्फ एलो कलरका नबिन कार्की र केटी तर्फ ब्लु कलरका जेनिफर दुलाल घोषित भएको कुरा सैनिक आवासिय महाविद्यालय तेक्वान्दो डोजाङ सल्लाघारि भक्तपुरका डोजाङ प्रमुख अन्तरास्ट्रिय निर्णायक तथा अन्तर्राष्ट्रिय प्रशिक्षक दिपेन्द्र ढकालले जानाकारि दिनु भयो। त्यसैगरि जुनियर ब्वाइज अन्डर 14 पुम्से प्रतियोगितामा ब्लु कलरका लोप्सन थापा प्रथम, रेड कलरका अर्पन चन्द दोस्रो, ब्लु कलरका सुयोग भण्डारी र ग्रीन कलरका रेजिन भट्टराईले तृतीय स्थान हात पारे। त्यसैगरि जुनियर गल्स अन्डर 14 पुम्से प्रतियोगितामा ब्लु कलरका स्मृति गुरुङ प्रथम, रेड कलरका जेनिसा भुजेल दोस्रो, रेड कलरका सेलिना तामाङ र ब्लु कलरका दिलासा थापाले तृतीय स्थान हात पारे। त्यसैगरि ब्वाइज अन्डर 16 पुम्से प्रतियोगितामा ब्लु कलरका सन्देश कर्ण प्रथम, रेड कलरका बिराज श्रेष्ठ दोस्रो, एलो कलरका देसिभ श्रेष्ठ र विलियम देउवाले तृतीय स्थान हात पारे ।

त्यसैगरि सिनियर ब्वाइज पुम्से प्रतियोगितामा रेड कलरका सुजन श्रेष्ठ प्रथम, रेड कलरका अर्पन चन्द दोस्रो, ब्लु कलरका सुयोग भण्डारी र ग्रीन कलरका रेजिन भट्टराईले तृतीय स्थान हात पारे। त्यसैगरि सिनियर गल्स पुम्से प्रतियोगितामा रेड कलरका स्मृति थापा प्रथम, ब्लु कलरका जेनिफर दुवाल दोस्रो, एलो चादनि राइ र ग्रीन कलरका रुजुना श्रेष्ठले तृतीय स्थान हात पारे। यसैबिच प्रतियोगिताको उद्घाटन समारोह विद्यालयका प्रीन्सिपल दल प्रसाद पुनको प्रमुख आतिथ्यमा र उक्त प्रतियोगिताका बिजेता खेलाडिहरुलाइ सोहि महाविद्यालय सल्लाघारि भक्तपुरका सम्पर्क अधिकृत नेपालि सेनाका प्रमुख सेनानि सन्तोष कार्किले विशेष कार्यक्रम बिच मेडल तथा प्रमाणपत्र बितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्