एसईई परीक्षाको आवेदन फाराम खुल्यो

काठमाडौँ, ९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो ।  पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन खुला गरेको हो । 

शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय