काठमाडौँ, ८ मंसिर । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले यो अन्तरराष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै “बिश्वकप च्याम्पियन अफर” नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३० हजार १०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथसाथै १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ ।






