काठमाडौँ, २६ कार्तिक । एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको हो ।
सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो । जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । एपीएफलाई जिताउन भुवन कार्कीले ५५ तथा सुमित महर्जनले ३४ रन बनाए । ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका भुवन विजयी रन लिने क्रममा रनआउट भएका थिए ।
विजेता एपीएफले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।






