एजेन्सी, २४ कार्तिक । इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो । एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
बल खेलेका हेल्सले ४ चौका र ७ छक्का प्रहार गर्दै ८६ रन बनाए । त्यस्तै जोस बट्लरले ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । हेल्स र बट्लरको टी–ट्वान्टी विश्वकपमा सर्वाधिक साझेदारी हो ।






