क्रिकेटर दानुष्का बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ, २० कार्तिक । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् ।

बीबीसीका अनुसार उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका हुन् । दानुष्कालाई उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेको समाचारमा उल्लेख छ ।

क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः