प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् ।आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई आठ विकेटले हरायो ।

अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले हरायो । गण्डकीले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । उसका लागि हिमांशु शाहीले ६९ र रवीन्द्र शाहीले ४२ रन बनाए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारी र चन्द्र पौडेलले तीन/तीन विकेट लिए । 

लगातार दोस्रो जितसहित गण्डकी समूह ‘ए’ को दोस्रो स्थानमा पुगेको छ । कर्णाली तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः