माओवादी केन्द्र र एकीकृत समाजवादीको घोषणापत्रमा शिक्षा

काठमाडौँ, १५ कार्तिक । सत्ता गठबन्धनमा आबद्ध दुई ठूला दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शिक्षामा २० प्रतिशत बजेट बढाउनेदेखि लिएर कक्षा ३ सम्म मातृभाषामा पठनपाठन, सबैका लागि गुणस्तरीय शिक्षालगायत शिक्षासम्बन्धी डेढ दर्जन विषयमा प्रतिबद्धता सार्वजनिक गरेका छन् । दुवै पार्टीले सोमबार आ–आफ्नो पार्टी मुख्यालयमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रले घोषणापत्रमा शिक्षक र निजामती कर्मचारीको सेवासुविधामा रहेको विभेद पूर्णतया अन्त्य गरी एकरूपता कायम गरिने, विद्यालय तहमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधालाई व्यवस्थित गरी उनीहरूका समस्याको समाधान गरिने पनि उल्लेख गरेको छ । घोषणापत्रमा भनसुन र दलका नेताको आडमा रोजगारी पाएका त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई करार तथा स्थायी गराउने प्रक्रिया अगाडि बढाइने पनि उल्लेख छ ।

शिक्षालाई गुणस्तरीय, रोजगारमूलक, जीवन उपयोगी र सर्वसुलभ तुल्याउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने, ६ महिनाभित्र संघीय शिक्षा ऐन जारी गर्ने जस्ता महत्वाकांक्षी विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ । पाँच वर्षअघि सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन नभएको अवस्थामा पुनः आश्वासन लिन नयाँ विषय थप गरेर घोषणापत्र जारी गरिएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार