घरजग्गा कारोबारमा भारी गिरावट

काठमाडौँ, १४ कार्तिक । घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।

गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्याङ्क रहेको छ । गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ । गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

विभागका अनुसार असोज महिनामा सर्लाहीको बलरा, काठमाडौँको मनमैजु, रसुवा, गोरखा, सिर्दिवास, मनाङ, बझाङ मालपोत कार्यालयमा एउटा पनि लिखत पारित भएको छैन । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।  मुग्लिन–पोखरा सडक

काठमाडौँ, २५ मंसिर । खोटाङमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु भएको छ ।  रावाबेँसी–२ का वडाध्यक्ष डोलराज

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार