‘महेश बस्नेतको कम्युनिस्ट विचारधाराप्रतिको अटल लगाव’

सामाजिक समानता नै विकासको अन्तिम लक्ष्य हो । पुँजिवादी र बुर्जुवा चरित्रको अन्त्य भइ कालान्तरमा राज्य बिहिनताको अवस्था सृजना हुन नै वास्तवमा साम्यवाद हो । बस्तुगत कार्यनिती फरक हुन सक्छ, समय अनुसार फरक परिस्थिति आउँछ तर फरक परिस्थितिलाई सहि ढङ्गले मुल्यांकन गर्दै त्यसबेलाको सामाजिक मनोवृत्तिलाई क्रान्तिको पथबाट बिचलित हुन नदिएर कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दिनु नै एक सफल कम्युनिस्ट नेताको परिचय बोक्नु हो भन्ने मुल्यमान्यता राख्नु हुने महेश बस्नेत ज्युको कम्युनिस्ट आन्दोलनमा निकै लामो समय ब्यतित भैसकेको छ ।

आँखै अगाडि पन्चायती निरंकुशता साथै बहुदल पश्चात् काङ्ग्रेस र कथित कम्युनिस्ट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को बर्बरतालाई अत्यन्त नजिकबाट देख्नु भोग्नु भएका महेश बस्नेत पुस्पलाल श्रेष्ठ, मदन भन्डारी, मनमोहन अधिकारी जस्ता कम्युनिस्ट नेताहरूबाट प्रभाबित भइ कठिन अवस्थामा पनि भक्तपुरमा नेकपा एमालेको राजनिती सुरु गर्नु भयो । सामाजिक असमानतालाइ निकै नजिकबाट देख्नु र भोग्नु भएका माननीय ज्युले यो विभेद कुसंस्कार कुरिती र असमानतालाई जराबाट नै उखेल्ने दृढता गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको लामो यात्रा तर्फ होमिनुभयो ।

त्यस्तै नेपाल कै कान्छो गाविस अध्यक्षको रुपमा निर्वाचित समेत भएर जनताको हृदयमा छोटो समयमा नै वास बस्न सफल भइ शसक्त नेता भक्तपुरमा उदाएको जानकारी सिङ्गो नेपालले पायो । समाजमा रहेका सबै क्षेत्र प्रकृति र मान्यता अन्तर्गतका विभेदलाई अन्त्य गर्न सकेमा नै उत्पादन कार्यमा सबैको समान दायित्वको बोध हुने र यसैबाट समाजमा सहकार्यको विकास हुन्छ । यसैको परिणामस्वरूप प्रत्येक क्षेत्रका उत्पादनमा सकारात्मक परिवर्तन आउँछ । यसैबाट समाजका संरचनात्मक परिवर्तन हुन सक्छ र विकास भनेको यहि हो ।

अब मुल्यांकन गरौ भक्तपुरवासी हो, माननीय महेश बस्नेत ज्युले गर्नुभएको, ल्याउनु भएको विकासको लहरले समाजिक संरचनात्मक परिवर्तन भएको छ कि छैन रु तपाइहरुको जिवनस्तरमा परिवर्तना आएको छ कि छैन रु एकपटक एेना अगाडि उभिएर ठन्डा दिमागले आफुले आफैलाई प्रश्न गरौं त कृषि, उद्योग, व्यापारलगायत प्रत्येक क्षेत्रमा रहने सामुहिक स्वामित्वले सबैलाई विकासका लागि समान सहभागी गराउन सक्छ । त्यसैको लागि समाजवाद एउटा महत्वपूर्ण कडि हो, सामुहिक सोच विकास र बिचारबाट निर्देशित समाज नै समृद्धिताको मुल घोतक हो ।

यस्को लागि मार्क्सवादी बिचार र लेनिनवादी सङ्गठनात्मक ढाँचा र जनताको समुचित परिचालन नै आर्थिक पुँजि संकलनको मुख्य आधार हो भन्ने दृढता बोक्दै समाजलाई आर्थिक समृद्धिको चरम उचाईमा पुर्याउँदै कम्युनिस्ट आन्दोलनको लागि उर्वर भुमी भक्तपुर बनाउन लागी पर्नु भएका एक रातो सिपाहीलाई अन्तरहृदयदेखि नै हार्दिक नमन ।

सन्दिप घृतकैशिक

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको

काठमाडौँ, ९ कार्तिक । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । आज नेपाली

काठमाडौँ, ९ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय टेलिभिजको कार्यक्रममा दिएको अभिव्यक्ति