काठमाडौँ, १३ कार्तिक । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ५ अर्ब १० करोड रुपैयाँ, १८२ लिदन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी आगामी माघ १७ गते परिपक्व हुनेछ । भने १८२ दिन अवजधिको ट्रेजरी २०८० बैशाख १९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० कात्तिक १४ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ अवधिको ३ अर्ब ६० करोड रुपैयाँर ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।