युक्रेनसँगको ‘अन्न सम्झौता’ स्थगन गर्ने रूसको घोषणा 

किभ, १३ कार्तिक । रूसले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको अन्न सम्झौता तत्काल कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ । सम्झौताअन्तर्गत युद्धका बेला पनि युक्रेनबाट ९० लाख टनभन्दा बढी अन्न निर्यात गर्न सम्भव भएको थियो । 

रूसले युक्रेनबाट खाद्यान्न आयात गर्ते सम्झौता रद्द नगर्दासम्म विश्वभर खाद्यान्नको चुलिएको बजार भाउ नियन्त्रित हुन पुगेको थियो । सम्झौता रद्द गर्ने रूसी निर्णयपछि विश्वमा “भोकको खेल” खेलिरहेको युक्रेनले आरोप लगाएको छ । 

रूसको रक्षा मन्त्रालयले शनिबार अधिनस्थ क्रेमियाको तटीय क्षेत्रमा युक्रेनले आफ्ना ब्ल्याक सी फ्लिट जहाजहरुमाथि ड्रोन आक्रमण गरेको कारण देखाउँदै सम्झौता तोडेको जनाएको छ । युक्रेनले यो आरोप अस्वीकार गर्दै रूसले आफ्नै हतियारहरुको दुरुपयोग गरेको जनाएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रूस र युक्रेनलाई “अन्न सम्झौता” नवीकरण गर्न आह्वान गरेको भोलिपल्टै रूसले सम्झौता स्थगनको घोषणा गरेको हो । यो सम्झौताको म्याद आगामी १९ नाभेम्बरमा सकिँदै थियो । विश्वका अन्य मुलुकहरु र त्यसमा पनि विशेषगरी पश्चिमा जगतलाई रूसी अन्न र मल निर्यात कार्यसामु उभिएका अवरोधहरु यथाशिघ्र हटाउन पनि गुर्टेरेसले आह्वान गरेका थिए । 

गुटेर्रेसले संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा गत जुलाईमा भएको यस अन्न सम्झौताका कारण विश्वका अर्बौँ मानिसको जीवनयापनमा सहजता आएको पनि बताएका हुन् । सम्झौता स्थगन घोषणालाई लिएर वार्ता गर्न संयुक्त राष्ट्रसंघका अधिकारीहरुले रूसी सरकारी अधिकारीहरूसँग सम्पर्क गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको यस्तो कार्य पूर्वअनुमान गर्नसक्ने खालको भएको बताएका छन् । एपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।