पल शाहले कारागारमै लगाए भाइटीका

तनहुँ, ११ कार्तिक । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए । 

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो । 

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिबाना अदालतले तोकेको छ ।

तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । काठमाडौँबाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको टोखा नगरपालिका-१० स्थित

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको