एनआईसी एशियाद्वारा प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौँ, ९ कार्तिक । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको देखिएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७३.१० अर्ब पुर्याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रैमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।