विद्यालयमा आगलागी हुँदा ११ बालबालिकाको मृत्यु

कम्पाला, ९ कार्तिक । मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’मा यो दुखद् घटना भएको हो ।आगलागीको कारण हालसम्म थाहा भएको छैन् । तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

किसोगामा रहेको हेरोना अस्पतालमा गम्झीर अवस्थामा रहेको ती ६ जनाको उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।  युगाण्डाका विद्यालयहरुमा बारम्बार आगलागी हुने गरेको पाइन्छ ।  गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुदाँ चार बालबालिकाको मृत्यु भएको थियो ।

सन् २०१८, मध्य युगान्डाको एक उच्च  माध्यामिक विद्यालयमा आगलागी हुदाँ कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको