म्यानमारमा सेनाको हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

एजेन्सी, ८ कार्तिक । म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले रायटर्ससँग कुराकानी गर्दै जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम द इरावडीले सो आक्रमणमा कम्तीमा ५० जना मारिएको समाचार प्रकाशित गरेको छ । यसको आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । अमेरिकामा रहेको यसको शुभेच्छुक संस्था काचिन एलाएन्सले सो घटनामा मारिनेमा काचिन कलाकार, स्थानीय र केआईओका नेताहरू रहेका छन् । सैन्य जुन्ताले कू गर्दै सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा द्वन्द्व जारी रहेको छ ।

मानव अधिकारवादी संस्थाहरूले त्यसयता त्यहाँ स्वतन्त्रता र अधिकारको अवस्था निकै कमजोर बनेको बताउँदै आएका छन् । सेनाले विद्यालय समेतमा हिंस्रक आक्रमण गर्ने गरेको ती संस्थाहरूले जानकारी दिएका छन् । देशभर नै जुन्ताको शासनविरुद्ध विद्रोही समुहहरु खडा भएका छन् ।
सीएनएन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको

कास्की, २७ मंसिर । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ, २७ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेटवार्ता भएको छ ।

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना नरहेको दाबी गरेका छन् । रास्कोट