माछापुच्छ्रे बैंकको तीन महिनाको नाफा ४५ करोड

काठमाडौँ, ७ कार्तिक । माछापुच्छ्रे बैंकले तीन महिनामा ४५ करोड ११ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनााको तुलनामा २० प्रतिशतले घटेको हो । 

बैंकले  गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५६ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले चालु अर्थिक वर्षको तीन महिनामा ब्याज आम्दानीबाट १ अर्ब ४७ करोड गरेको आम्दानी छ । अघिल्लो वर्ष १ अर्ब २६ करोड थियो ।

नोक्सानी व्यवस्थाको लागि चालु आर्थिक वर्षमा २९ करोड छुट्याएको कारण बैंकको नाफा घटेको हो । नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम बढ्दा बैंकको खराब कर्जा अनुपात (एनपीएल) समेत बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ०.५० प्रतिशत रहेको एनपीएल चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १.३० प्रतिशत पुगेको छ ।

१३.१९ प्रतिशत पुँजीकोष अनुपात रहेको बैंकले असोज मसान्तसम्म १ खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३३ अर्ब कर्जा दिएको छ । गतवर्ष असोज मसान्तमा बैंकको निक्षेप १ खर्ब ४५ अर्ब थियो भने कर्जा १ खर्ब २८ अर्ब थियो । ८६.४४ प्रतिशत कर्जा निक्षेप अनुपात(सीडी रेसियो) रहेको बैंकको ब्याजदर अन्तर(स्प्रेड) ४.१९ प्रतिशत छ । कर्जाको न्यूनतम आधार दर(बेसरेट) १०.३६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २४ मंसिर । आज सेयर बजार परिसूचक (नेप्से) १२.८४ अंकले घटेको छ । दोहोरो अंकल बजार घट्दा परिसूचक २६७६

काठमाडौँ, २४ मंसिर । आज बजारमा सुनको मूल्य बढे को छ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २४ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।