कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित

काठमाडौँ, २६ असोज । राष्ट्रिय परीक्षा बोर्डले दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको छ ।

गत जेठमा लिइएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा नियमिततर्फ एनजी (नट ग्रेडेड) आई पुनर्योगको लागि आवेदन दिएका परीक्षार्थीहरूको दोस्रो चरणको नतिजा बोर्डले प्रकाशित गरेको हो । बोर्डले पुनर्योगका लागि २५ भदौ २०७९ देखि २ असोजसम्म पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात सक्कल ग्रेडसिटसहित कार्यालयमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ । पुनर्योगको नतिजामाथि चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा

काठमाडौँ, १२ कार्तिक । आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा

काठमाडौँ, १२ कार्तिक । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारको बाटो खुला गरेको छ । विद्युत् व्यापारको पूर्वतयारी गर्न सरकारले

मकवानपुर, १२ कार्तिक ।  शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच